काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। राति पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। अहिले बिहान देशको पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भूभागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको छ। देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया