टुडिखेलमा धुमधामसँग मनाइयो गौरा पर्व

टुडिखेलमा धुमधामसँग मनाइयो गौरा पर्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व काठमाण्डुकाे टुडिखेलमा धुमधामका साथै मनाइएको छ ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ ।

शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो ।