मंगलबारकाे माैसम पूर्वानुमान : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

मंगलबारकाे माैसम पूर्वानुमान : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका केही पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली हुनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।