काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्य ओरालो लागेको छ ।
सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार ८०० ले ओरालो लागेर प्रतितोला ९२ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० मा कारोबार भइरहेको छ ।




प्रतिक्रिया