काठमाण्डु – ६ पुस २०७८, २१, डिसेम्बर २०२१ मंगलबार । सूर्योदय बिहान ६ः५२ मिनेटमा हुनेछ भने सूर्यास्त १७ः१२ मा हुनेछ। आजको देवता ब्रम्हा, ग्रहदेव मंगल रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्याय र हानी हुने देखिन्छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आजको दिन अध्ययनअध्यापनमा रुचि कम र मनमा चिन्ता छाउने छ ।यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) चन्द्रमाको साथ रहेको छ, विगतमा रोकिएका र अप्ठारा कामसमेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) तपाईँका लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) आजको दिन तपाईँले घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा बेस हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो) दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मानसमेत मिल्नेछ । तपाईँले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) आजको दिन समय त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) ब्यापारबाट लाभ हुनेछ । स्त्रीको साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईँलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठमन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईँले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईँले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । मंगलबारका दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यबीच सम्बन्ध सुमधुर हुनेछ ।




प्रतिक्रिया