काठमाण्डु – वि.सं.२०७७ साल चैत्र १७ गते । मंगलबार । ईश्वी सन् २०२१ मार्च ३० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १८ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुशी पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मायाप्रेम तथा दाम्पत्य जीवनको गाठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिस्पर्धामा अरु भन्दा पछी परिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुँदा दैनिकी चलाउन हम्मे हम्मे पर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने तथा कामहरु प्रभावित हुनेछन् । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायालयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पति पत्नी बीच मनमुटाब बढ्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानसिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने बिद्यामा प्रगती गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पत्तिहरु लाभ हुने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ काम पाउने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृड होइने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।




प्रतिक्रिया