मंगलबार कस्ताे रहला तपाईंको दिन ? यस्तो छ भाग्यफल

मंगलबार कस्ताे रहला तपाईंको दिन ? यस्तो छ भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  विसं २०७८ साल वैशाख २१ गते मंगलबार । इस्वी सन् २०२१ मार्च ०४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३७ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो) पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण कामहरू समयमा नै फत्ते गर्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  माया प्रेममा अरूकै नकारात्मक टीका टिप्पणीले मनमुटाव बढ्ने योग छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग छ । खानपानमा ध्यान दिनुहोला, समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) रोकिएर बसेका काम सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रूपमा सुदृढ हुने समय छ । विद्यार्थीहरूले आफ्नो प्रतिस्पर्धीलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तर पनि बैङ्क तथा वित्तीय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)  प्रतिस्पर्धीहरूले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)  पढाइ लेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुन सक्छ । उत्पादित उद्योगबाट फाइदा हुनेछ । माया–प्रेममा सामीप्यता बढेर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्य धन लाभ हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ ।