काठमाण्डु – विसं २०७८ साल वैशाख २८ गते मङ्गलबार । इस्वी सन् २०२१ मे ११ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षमता प्रयोग गरी वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय छ भने जीवन साथीको सहयोग हरेक क्षेत्रमा रहने योग छ ।
बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो) अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले काम बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग छ । कार्यक्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । मायाप्रेममा एक अर्काबीच अविश्वास बढ्ने योग छ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरिबाट तपाईंको काममा सहयोग हुने छैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) राजनीति तथा समाज सेवामा गरिएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान, सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्इंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि आफ्नै साथीबाट आलोचना खप्नुपर्नेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ । जागिर पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना छ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूलाई पछि पारी आफूअगाडि बढ्ने समय छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेख जनमानसमा लैजान सकिनेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) ठूला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग छ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरूभन्दा पछि परिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) विद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा काम समयमा बन्नेछन् ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) आफन्त, साथीभाइ तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ, ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) पढाइलेखाइमा नसोचेको सफलता हात लाग्नेछ । पुराना समस्या सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामीप्यता बढेर जाने तथा उपाहार प्राप्तिको गतिलो योग छ ।
मीन (दि, दू, थ, झ, ञ, दे, दो, चा, ची) पढाइलेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्ईंले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानो प्रयत्नले भौतिक वस्तु लाभ हुनेछन् ।




प्रतिक्रिया