काठमाण्डु – विस. २०७८ साल असार ०८ गते । मङ्गलबार । इस्वी सन् २०२१ जुन २२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले काम समयमा सम्पन्न हुदैनन्। माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेको छ ।
बृष (ई, ऊ, ए, ओ, वा, वि, वु, वे, वो) माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) पढाइलेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनुहोला । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ । कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै नै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ, समयमा काम सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे) बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एकअर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा काम गर्न सकिनेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तिको योग रहेको छ। मायाप्रेममा एकअर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेख जनमानसमा लैजान सकिनेछ । धर्मकर्ममा मन जानेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) अध्ययनमा रुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक काम समयमा नै सम्पन्न हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) व्यापार व्यावसायमा लगानी गरी मनग्य आम्दानी हुने योग रहेको छ । पुराना स्वास्थ्यसम्वन्धी समस्या हल भएर जानेछन् भने सङ्कटबाट मुक्ति मिल्ने समय रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी रमाउने योग रहेको छ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)समय मध्ययम रहेकाले कुनै व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगी विचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला ।




प्रतिक्रिया