मंगलबार कुन राशिका लागि कति शुभ ?

मंगलबार कुन राशिका लागि कति शुभ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं. २०७७ साल माघ २७ गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  व्यापार व्यावसायमा नाफा कमाउन दिनभर जसो समय दिनुपर्नेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपचार खर्च बढ्ने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समुदायको हक हितको निम्ति काम गर्ने अवसर आएपनि असजिला परिस्थिती हरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजाँदा सफलता हात पार्न मुस्किल रहेको छ । व्यापार व्यावसायमा लगानी गरेपनि भनेजस्तो आम्दानी नहुँदा मन दुःखी हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नसोचेका ठाउँमा रुपैयाँ पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाईलो महसुस हुनेछ । राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  छोटो दुरीको व्यवसायिक यात्रा तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । विद्यार्थी वर्गहरुले पढार्इमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहौलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुँदा दैनिकी प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  व्यापार व्यवसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईंको काममा सहयोग नहुन सक्छ । पति पत्नीबीच मनमुटाव बढ्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला, अनेक बाधा अड्चन आईलाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यवसायबाट भनेजस्तो नाफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुँदा मन प्रशन्न हुनेछ ।