मंगलबारकाे माैसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मंगलबारकाे माैसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । अहिले देशभरका अधिकांश क्षेत्रमा बादल लागिरहेको छ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकोमा पहाडी भूभागमा बदली हुने मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।