देशभर मनसुन सक्रिय,केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  देशभर मनसुन सक्रिय हुँदा सामान्यदेखि पूर्ण बदली रहेकाे छ ।

यस्तै देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका केहि भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै प्रदेश २ को केहि भागमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement