आजको मौसम :कोशी,गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम :कोशी,गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम सफा रहने महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ ।

यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।