उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराईका धेरै स्थानहरूमा हुस्सु कुहिरो लागेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरूमा हुस्सु कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने छ।

त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।