यी प्रदेशमा भारी वर्षाको सम्भावना,यस्ताे छ मौसम पूर्वानुमान

यी प्रदेशमा भारी वर्षाको सम्भावना,यस्ताे छ मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा केही स्थानमा भारी र धेरै भारी वर्षाको पनि सम्भावना रहेकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर साधारणतयादेखि पूर्णतया बदली छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पूर्वानुमान महाशाखाले दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशभरका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।