काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
साथै देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । यसैगरी महाशाखाका अनुसार दिउँसो पनि देशभर आंशिक बदली रहने छ। यस्तै, राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ ।




प्रतिक्रिया