मङ्गलबारदेखि पाइपलाइनबाट नियमित रुपमा तेल आउने

मङ्गलबारदेखि पाइपलाइनबाट नियमित रुपमा तेल आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल-भारत दुबै देशका प्रधानमन्त्रीले मङ्गलबार औपचारिक रूपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मङ्गलबार उद्घाटन लगत्तै पाइपलाइनबाट नियमित रुपमा तेल आउने भएको हो ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट स्वीच थिचेर डिजल सेन्ड गर्नुहुन्छ’, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको छ। पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २० घण्टासम्म संचालन हुन सक्नेछ।

दैनिक रूपमा ३० हजार किलोलिटर तेल पाइपबाट आउँछ। पाइपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाइने नेपाल आयल निगमले  जानकारी दिएकाे छ। निगमका अनुसार पाइपबाट ल्याइएको तेल सुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ। पछि विस्तारै देशभर फैलाउने तयारी रहेको छ ।

अहिले २५ सय किलोलिटर तेल पाइपमा भरेर राखिएको छ। अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्।

ती ट्याङ्कीमा तेल भरेर राखिएको छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ। मंगलबारदेखि पाइपलाइनबाट नियमित डिजल आउने भए पनि पेट्रोल आउन भने अझै करिब १ वर्ष लाग्ने निगमले जनाएको छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५) किलोमिटर नयाँ पाइपलाइन बिछ्याइएको हो।