काठमाण्डु – वि.सं.२०७७ साल असोज १३ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिस्पर्धी हरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा दाजु भाईसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर व्यायिक कामहरु नगर्नुहोला समय तपार्ईँको पक्षमा रहेकोछैन । खेलकुद तथा शाहशिलो क्षेत्रमा पनि तपार्ईँको पक्षमा नतिजा नआउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुने निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी पानि,दैनिक उपभोग्य तथा औषधीसँग सम्बन्धीत व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।




प्रतिक्रिया