काठमाण्डु– ठगी तथा आपराधिक कृयाकलापमा पक्राउ पूर्जी जारी भएकी तुलसा भनिने तुल्सी अधिकारीलाई सामाजिक संजालमा भ्रम नर्छन प्रहरीले अनुरोध गरेको छ ।
सोमबार जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले एक सूचना जारी गर्दै अनुसन्धानरत बिषयमा सामाजिक संजालमा भएका भ्रामक सूचनाहरु संप्रेषण गरेको प्रति परिसरको ध्यानाकर्षण भएको बताएका हुन् ।
सूचनामा अनुसन्धान भइरहेको विषयमा भ्रामक सूचना नफैलाउन भन्दै अनुसन्धान गर्ने निकायमा उपस्थित हुन भनिएको छ ।
कुमार चिमोरियाले उनीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए ।
यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिएकी हुन् । २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर ठगी, आपराधिक लाभ (एक्सटर्सन) तथा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) कसूरमा अनुसन्धान भईरहेको प्रवक्ता मिश्रले जानकारी दिए ।
आफूमाथि अनुसन्धान भएपछि चीनबाट सामाजिक सञ्जाल टिकटकमार्फत उनले प्रहरीको आलोचना गर्दै प्रहरीको भूमिकामाथि नै प्रश्न उठाएकी छिन् ।
‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा प्रहरीले जाहेरी देखाएन’ तुलसाले भनेकी छिन् ।
कानून बमोजिम अनुसन्धान भईरहेको विषयमा सामाजिक सञ्जालमा अनुसन्धानलाई प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेषण गर्ने जस्ता कार्य नगर्न भनेको छ ।




प्रतिक्रिया