अमेरिकाले अरु देशका सरकार गिराउने र बनाउने काम गर्दै आएको छ : निर्देशक गबार्ड

अमेरिकाले अरु देशका सरकार गिराउने र बनाउने काम गर्दै आएको छ : निर्देशक गबार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाको राष्ट्रिय गुप्तचर निकायकी निर्देशक तुलसी गबार्डले अमेरिकाले अरु देशका सरकार गिराउने र बनाउने काम गर्दै आएको बताएकी छन् ।

शुक्रबार बहराइनमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा अध्ययन संस्थाद्वारा आयोजना गरिएको वार्षिक सुरक्षा सम्मेलन ‘मनामा डाइलग’लाई सम्बोधन गर्दै उनले अमेरिकाले अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै सरकार गिराउने र नयाँ शासन व्यवस्था थोपर्ने गल्ती दोहोर्‍याउँदै आएको आरोप लगाइन् ।

उनले अमेरिकी विदेश नीति पछिल्ला दशकहरूमा गलत दिशामा अघि बढेको बताइन् । यस्ता हस्तक्षेपले सम्बन्धित देशहरूको अवस्था सुधार गर्नुको साटो झन् जटिल बनाएको र अमेरिकाको अन्तर्राष्ट्रिय छविमा समेत ठूलो क्षति पुर्‍याएको उनको टिप्पणी छ ।

उनले भनिन्, ‘अमेरिका लगातार अरू देशको सरकार परिवर्तन गर्ने र आफ्नै राजनीतिक व्यवस्था थोपर्ने प्रयास गर्दै आएको छ तर ती देशहरूले त्यस्तो कदमलाई कहिल्यै पूर्ण रूपमा स्वीकारेका छैनन् ।’

उनका अनुसार अब अमेरिकाले शक्ति प्रदर्शन होइन, आपसी समझदारी र सहकार्यमा आधारित कूटनीतिक सम्बन्धलाई प्राथमिकता दिनुपर्ने समय आएको छ ।