नाउपा रुपन्देहीका अध्यक्षसहित ३३ जना रास्वपा प्रवेश गर्दै

नाउपा रुपन्देहीका अध्यक्षसहित ३३ जना रास्वपा प्रवेश गर्दै


काठमाण्डु– नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले पार्टी परित्याग गरेका छन् ।

जिल्ला अध्यक्ष तुल्सी थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी लगाउत ३३ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

पार्टी नेतृत्व कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएकाले नाउपा परित्याग गरेको थारुले बताए । पुस १९ गतेदेखि लागू हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीहरुसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको उनले बताए ।

उनीहरु सबैले भोलि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्ने भएका छन् ।