तुलसीपुर उपमहानगर अपडेट : एमालेको अग्रता कायमै


दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन् ।

उनले १५ हजार ९१७ मत ल्याएर अग्रता लिइरहेका हुन् । खड्कालाई १४ हजार ९५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकी स्यानी चौधरीले १५ हजार ६८ मत ल्याएर अग्रता लिँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७४ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement