काठमाडौं – टुँडिखेललाई अतिक्रमण मुक्त गराउन भन्दै सुरू गरिएको ‘अकुपाई टुँडिखेल’ अभियानमा प्रहरीले अवरोध गरेको छ ।
अभियान अन्तरगत ‘अकुपाई टुँडिखेल’का अभियन्ता र समर्थकहरूले आज शनिबारलाई खुल्लामञ्चमा रहेको मञ्चमा रंग लगाउने कार्यक्रम राखेका थिए ।
रंग लगाउन उपस्थित कलाकारहरूलाई प्रहरीले सो कार्यका लागि अनुमति नभएको भन्दै रोकेको हो ।
रंग लगाउन पुगेका कलाकार, अभियानकर्मी र अभियानका समर्थकहरू खुल्लामञ्चमा प्रहरी हस्तक्षेपको विरोध गरेका छन् ।
अभियानकर्मीहरूले सार्वजनिक स्थलमा कार्यक्रम गर्न महानगरले लगाएको रोकप्रति आपत्ति प्रकट गर्दै विरोध गरेका छन् ।
अभियन्ताहरूको विरोधपछि प्रहरीले कार्यक्रमस्थलमा गरेको अवरोध हटाएको छ । अब केही बेरमा कलाकारले खुल्लामंच रंगाउन सुरु गर्नेछन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले अभियान सुरु भएपछि यसलाई राजनैतिक स्टन्टको संज्ञा दिदैं अभियानको कुनै अर्थ नभएको र खुल्लामञ्च ३ महिनामा पूर्णतया खाली हुने बताउँदै आएका छन् ।




प्रतिक्रिया