टर्किएद्वारा युक्रेनमा रूस निर्मित वायु रक्षा प्रणाली पठाउने अमेरिकी प्रस्ताव अस्वीकार

टर्किएद्वारा युक्रेनमा रूस निर्मित वायु रक्षा प्रणाली पठाउने अमेरिकी प्रस्ताव अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अङ्कारा – युक्रेनमा रुसमा निर्मित एस-४०० एयर डिफेन्स सिस्टम पठाउन अमेरिकले गरेको प्रस्ताव टर्किएले अस्वीकार गरेको टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले आइतबार बताएका छन्।

वाशिङ्टनले टर्किएले सो रक्षा प्रणालीको नियन्त्रण अमेरिका वा अन्य कुनै देशलाई सुम्पिनुपर्ने सुझाव दिएको पनि अर्द्ध आधिकारिक एनाडोलु एजेन्सीले काबुसोग्लुलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

उनका अनुसार ती प्रस्तावहरू टर्किएका लागि अस्वीकार्य थिए किनभने तिनीहरू टर्किएको सार्वभौमसत्तासँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन् । वाशिङ्गटनले पछि टर्किएलाई एफ-३५ लडाकु विमानको आपूर्ति रोकेपछि टर्किएले रुस निर्मित प्रणाली खरिद गरेको थियो । सो कदमपछि टर्किएमाथि प्रतिबन्ध लगाइएको थियो।

यसैबीच विकसित घटनाक्रमले संयुक्त राज्य अमेरिका र टर्किए बीच तनाव बढ्ने दिशातर्फ गएको टिप्पणी भएको छ ।-सिन्ह्वा