काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ ।
टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको दायाँ इन्जिनमा आगो लागेको छ ।
उडेको केही समयमै समस्या देखिएपछि विमान फर्किन खोजेको थियो ।
तर, केहीबेर काठमाण्डुको आकाशमा फन्को मारेपछि विमान कोलकातामा अवतरणको अनुमति लिएर त्यतै गएको छ ।
विमानस्थलबाट उडेलगत्तै समस्या देखिएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आगलागी हुनासाथ दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि बायाँ इन्जिनमात्र चलाएर टर्किसको जहाज कोलकाता डाइभर्ट भएको थियो ।
टर्किसको ‘ए३३०/३०३’ सिरिजको उक्त वाइड बडी जहाजले २ सय २५ यात्रु बोकेको थियो ।त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।





प्रतिक्रिया