हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण जहाजको पाङ्ग्रामा धुवाँ देखियो- टर्किस एयर

हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण जहाजको पाङ्ग्रामा धुवाँ देखियो- टर्किस एयर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार बिहान स्तानबुलबाट काठमाण्डु आएको टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो लागेको थियो । उक्त चक्कामा आगो लाग्नुको कारण धुवाँ ‘हाइड्रोलिक पाइप’मा आएको प्राविधिक खराबीका कारण उत्पन्न भएको प्रारम्भिक परीक्षणले देखिएको छ।

टर्किस एयरलाइन्सका सञ्चार प्रमुख याहया उस्तुनले प्राविधिक टोलीले गरेको प्रारम्भिक परीक्षणमा हाइड्रोलिक पाइपमा आएको खराबीका कारण आगो लागेको बताएका हुन् ।

उनले भनेका छन् ‘रनवेमा सामान्य अवतरण गरेपछि इस्तानबुल–काठमाण्डु उडान नम्बर TK726 सञ्चालन गरेको हाम्रो एयरबस A330 प्रकारको विमान, दर्ता नम्बर TC-JNP, ट्याक्सीवेमा जाँदै गर्दा ल्यान्डिङ गियरबाट धुवाँ देखिएपछि टावर टोलीको निर्देशनअनुसार सावधानीस्वरूप स्लाइड खोली यात्रुहरूको उद्धार तथा खाली गराउने प्रक्रिया सञ्चालन गरिएको थियो।’

‘उद्धार तथा खाली गराउने प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ र कुनै पनि यात्रु वा कर्मचारी घाइते भएका छैनन्। सम्बन्धित उडानको फर्किने यात्राका लागि अतिरिक्त उडानको व्यवस्था गरिएको छ भने हाम्रो आधिकारिक प्राविधिक टोलीले विमानको प्राविधिक परीक्षण सुरु गरेको छ। प्रारम्भिक परीक्षणअनुसार धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण उत्पन्न भएको देखिएको छ।’ उनले लेखेका छन् ।