भारतमा ट्रम्पको सुरक्षाका लागि खटाइयो पाँच वटा लंगुर !


काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतमा पाँच वटा लंगुर खटाइएको छ । सोमबार दुई दिने भ्रमणका लागि राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलिनिया ट्रम्प भारत आइपुगेका छन् ।

उनलाई अहमदावादको सरदार भल्लाभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका हुन् ।

ट्रम्प दम्पत्तिले भारतको आगरामा रहेको ताज महलमा भ्रमण गर्ने तालिका रहेको छ । त्यहाँ बाँदर थुप्रै भएकाले उनीहरूसँग लड्न र सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको छ ।

भारतीय सञ्चार इण्डिया टुडेले जनाएअनुसार उनीहरूको सुरक्षाका लागि अमेरिकन सिक्रेट सर्भिस, पारामिलिटरी फोर्सका १० कम्पनी, पीएसी र एनइसजी कमान्डोको १० कम्पनीलाई खटाइएको छ ।

राष्ट्रपति ट्रम्ले विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन गर्नेछन् जहाँ एक लाख नागरिकले सहभागी जनाउने बिबिसी हिन्दीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement