बागलुङ – बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा बनेको तुरतुरे ताल फुटेर आएको बाढीमा परेर एक जनाको मृत्यु भएको छ । अन्य दुई जना भने वेपत्ता भएका छन् ।
राति वर्षा भएपछि सोमबार बिहान करिब ४ बजेतिर ताल फुटेको हुनसक्ने बताइएको छ ।
रातिको समयमा ताल फुटेर बडिगाड खोलामा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्र भिङगाड, भिङखाल, खार र खर्वाङ बजार लगायत क्षेत्रका स्थानीय रातभर जाग्राम बसेका थिए ।
तुरतुरेमा गतवर्ष चट्टानी पहाडसहितको पहिरो झरेपछि करिब एक सय मिटर गहिरो र एक किलोमिटर भन्दा लामो ताल बनेको थियो ।




प्रतिक्रिया