टुटलले असार १६ गतेभित्र साढे चार करोड कर तिर्नुपर्ने

टुटलले असार १६ गतेभित्र साढे चार करोड कर तिर्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राइड शेयरिङ सेवा प्रदायक कम्पनी टुटलले आगामी असार १६ गतेभित्र सरकारलाई तीन करोड ३९ लाख रुपैयाँ कर तिर्नुपर्ने भएको छ।

आन्तरिक राजस्व कार्यालय ललितपुरले अभिवृद्धि कर र आयकर तिर्नुपर्ने ठहर गर्दै चार दिन अघि पठाएको पत्र टुटलले बुझेको
हो।

कर कार्यालयका प्रमुख लालबहादुर खत्रीले करदाताले कर निर्धारण गरेको पत्र बुझेको जानकारी आएको बताए।

कम्पनीले यात्रुबाट पैसा उठाएको तर सरकारलाई तिर्नुपर्ने कर नतिरेको कर कार्यालय ललितपुरको ठहर छ।

आन्तरिक राजस्व कार्यालय ललितपुरले करीव तीन महिना फाइल अनुसन्धान गरी छर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो ।

त्यस्तै अर्को राइड सेयरिङ कम्पनी पठाओको पनि अनुसन्धान भइरहेको छ।