काठमाण्डु – नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले विवाहको मौसम र नयाँ सुरुवातको अवसरलाई लक्षित गर्दै ‘टीभीएससँग सुनको सगुन’ नामक नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ ।
शंकर ग्रूपको सहायक कम्पनी जगदम्बा मोटर्सले विश्व बजारमा सुनको बढ्दो मूल्य र नेपाली समाजमा यसको भावनात्मक महत्त्वलाई मध्यनजर गर्दै ग्राहकलाई मूल्य र भरोसाको अनुभूति गराउने उद्देश्यले राष्ट्रव्यापी अफर ल्याएको हो ।
कम्पनीले ग्राहकको जीवनका महत्त्वपूर्ण क्षणहरूमा टीभीएसलाई एक विश्वसनीय साझेदारका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।
विशेष योजनाअन्तर्गत टीभीएसका बाइक वा स्कुटर खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक लाभहरू प्राप्त गर्नेछन् । योजना अवधिभर प्रत्येक दिन १ जना भाग्यशाली खरिदकर्ताले सुनको सिक्का जित्ने अवसर पाउनेछन् भने खरिदलाई अझ सहज बनाउन १ लाख रुपैयाँसम्मको नगद छुटको व्यवस्था गरिएको छ । ग्राहकको सुविधाका लागि जुनसुकै ब्रान्डका पुराना सवारी साधनसँग नयाँ टीभीएस साट्न सकिने एक्सचेन्ज सुविधा र नागरिकता वा सवारी चालक अनुमति पत्रका आधारमा सहज फाइनान्सको व्यवस्था समेत मिलाइएको छ ।
कम्पनीले सबै टीभीएस मोडलहरूमा लाइफटाइम वारेन्टी समेत उपलब्ध गराएको छ । यो विशेष अफर माघ १८ गतेदेखि सुरु भई आगामी चैत्र ३ गतेसम्म कुल ४५ दिनका लागि नेपालभरका सबै आधिकारिक टीभीएस शोरुमहरूमा लागू हुनेछ ।
अफरका बारेमा जानकारी दिँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले यो योजना नयाँ सुरुवातको उत्सव भएको र ग्राहकलाई सवारी साधनका साथै दीर्घकालीन मूल्य र विश्वासको प्रत्याभूति दिन चाहेको बताए । उत्कृष्ट इन्जिनीयरिङ, इन्धन दक्षता र भरपर्दो सेवा प्रणालीमार्फत टीभीएसले नेपाली उपभोक्ताको रोजाइको मोबिलिटी पार्टनरका रूपमा आफ्नो स्थान थप मजबुत बनाउँदै लगेको कम्पनीले जनाएको छ ।




प्रतिक्रिया