काठमाडौं – भ्रमण वर्ष २०२० लाई प्रवर्दन गर्न टीभीएस मोटर्सको सक्रियतामा सातै प्रदेशमा ‘सप्तरंग २’ सांगीतिक कार्यक्रम हुने भएको छ । आयोजक गृष्मा ब्रोडकाष्टिङले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा सातै प्रदेशमा टीभीएस अपाचे ‘सप्तरङ्ग सिरिज’ हुन लागेको जानकारी दिएको हो ।
कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन् । यस सांगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहनेछन् भने साथमा जितु नेपाल, गायक सुगम पोखरेललगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिनेछन् ।
सातै प्रदेशमा विभिन्न कलामार्फत पर्यटकीय स्थलको प्रवर्द्धन गर्न स्थानीयलाई प्रोत्साहन गर्ने उद्देश्यले गर्न लागेको उक्त सप्तरंग कार्यक्रम कात्तिक २० देखि मंसिर ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
प्रदेश १ को बिर्तामोडमा कलाकार मेलिना राई, प्रदेश २ को वीरगञ्जमा जितु नेपाल, प्रदेश ३ को चितवनमा सुगम पोखरेल, गण्डकी प्रदेशको पोखरामा नेपाल आईडल विजेता रवि ओड, प्रदेश ५ को नेपालगञ्जमा प्रकाश सपुत, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राजेश हमाल र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा हिमाल सागरको प्रस्तुति रहनेछ भने उक्त मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्नेछन ।
कात्तिक २० गते बिर्तामोड, २२ गते वीरगञ्ज, २४ गते चितवन, २६ गते नेपालगञ्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र मंसिर ४ गते पोखरामा कार्यक्रम हुँदै छन् ।




प्रतिक्रिया