काठमाण्डु – टीभीएस राइडर सप्तरंग ३ को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा सम्पन्न भएको छ। मंगसिर २४ बाट सुरु भएको टीभीएस राइडर सप्तरंग ३ को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा सम्पन्न भएको हाे। सो कार्यक्रममा महानायक राजेश हमालको साथै मुख्यमन्त्री राजेन्द्र राईद्वारा टीभीएस राइडरको पनि उत्घाटन गरिएको थियो।
कार्यक्रमको दोश्रो दिन टीभीएसले आफ्नो बिर्तामोडमा रहेको सोरुम पाथिभरा अटो लिंक र लहानमा रहेको सोरुम राज अटाेमोबाइल्समा पनि सप्तरंगको कलाकारद्वारा टीभीएस राइडरको उत्घाटन गरेका थिए।
टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ । साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ ।
टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटीपनि प्रदान गर्छ । यसमा विशेष डिजाइन सहितको टेक्स्चर तथा फिनिस प्रयोग भएका तरुण रंगहरु बाइकको स्पोर्टी र ईनर्जेटिक डिजाइनका अभिन्न पाटो हुन् ।
टीभीएस रेडरले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ । कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ । यिनले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभवपनि प्राप्त हुन्छ ।




प्रतिक्रिया