टिभिएसको अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न

टिभिएसको अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा आयोजना गरेको टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न भएको छ ।

रेस ट्रयाक एक्सपिरियन्सका लागि छनोट गरिएका २५ जना प्रतियोगीहरुले उक्त रेस ट्रयाकमा टिभिएस मोटरसाईकल कुदाएर अविस्मरणीय अनुभव सङ्गालेका छन् । अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि२५ जना प्रतियोगीहरु लगायत टिभिएसको व्यवस्थापन टोली नेपालबाट मङ्सिर १४ गते मद्रासका लागि प्रस्थान गरेका थिए ।

मङ्सिर १५ र १६ गते गरी लगातार दुई दिन सम्म चलेको यस कार्यक्रम आज सम्पन्न भएको हो । गत वर्ष पनि टिभिएस मोटर्सले राईडरहरुलाई केन्द्रित गरी यस्तैै किसिमको कार्यक्रम आयोजना गरेको थियो ।

यस वर्ष पनि आयोजित कार्यक्रमको सफलतापछि आभार प्रकट गर्दै जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले भने, , ‘नेपालका बाइक राइडरहरुले पनि अन्र्तराष्ट्रिय प्लेट फर्ममा आफ्नो क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न पाउँदाको यो क्षण उनीहरुका लागि मात्रै अविस्मरणीय नभई जगदम्बा मोटर्स परिवारका लागि पनि गरिमामय बन्न पुगेको छ । उनीहरुको सपना यथार्थमा परिणत गर्न पाएकोमा हामी आफुलाई निकै भाग्यशाली ठान्दछौँ ।’

कार्यक्रमको अन्तेष्टिसंगै रेस ट्रयाक एक्सपिरियन्सका सहभागी लगायत टिभिएसको व्यवस्थापन टोली मङ्सिर १८ गते, बुधबार पुनः नेपाल फर्कदैछन् ।