एजेन्सी – ट्विटरका सहसंस्थापक एवं वर्तमान प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्विटर खाता केही समय ह्याक भएको छ। ज्याक डोर्सीको ट्विटरबाट धेरै आपत्तिजनक र रङ्गभेदी सन्देशहरू रिट्वीट भएका थिए ।
चक्लिङ स्कोड नाम भनेर चिनिन चाहने एउटा समूहले ४२ लाखभन्दा बढी फलोअर भएको डोर्सीको ट्विटर ह्याक गरेको हो। आफ्नो नियन्त्रणमा लिएपछि सो समूहले डोर्सीको ट्विटरबाट १५ मिनेटजति धेरै आपत्तिजनक तथा रङ्गभेदी टिप्पणीहरू गरेका थिए।
ट्विटरले आफ्नो प्रणालीमा कुनै कमजोरी नभएको दाबी गर्दै यो घटनामा नाम उल्लेख नगरी एउटा मोबाइल फोन सञ्चालक कम्पनी दोषी रहेको बताएको छ । त्यसबाट अनधिकृत व्यक्तिले सो फोन नम्बर प्रयोग गरेर एसएमएस लेख्दै ट्वीट गर्न सक्ने अवस्था बन्यो।
ट्विटरस्थित एक स्रोतले बीबीसीलाई बताएअनुसार ह्याकरहरूले सिमस्व्यापिङू अथवा सिमज्याकिङू भनिने विधि प्रयोग गरेर डोर्सीको ट्विटर आफ्नो नियन्त्रणमा लिएका हुन्।
यो विधिमा प्रयोगमा रहेको कुनै फोन नम्बरलाई नयाँ सिमकार्डमा सारिन्छ। प्रायस् त्यसो गर्न ह्याकरहरूले मोबाइल सेवा प्रदायकको ग्राहक सेवामा खटिने कर्मचारीलाई कुनै बहाना बनाएर झुक्याउँछन् वा आर्थिक प्रलोभन दिन्छन्। फोन नम्बर हात परिसकेपछि एसएमएस पठाएर डोर्सीको खाताबाट ट्वीट गर्न ह्याकरहरू सक्षम भएका थिए। बीबीसी नेपाली




प्रतिक्रिया