कोरोनाको असरः ट्वीटरका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन


एजेन्सी – ट्वीटरले आफ्ना कामदारलाई घरैबाट काम गर्नका लागि भनेको छ । कोरोनाभाइरसको संक्रमण विस्तार हुन नदिनका लागि कम्पनीले यस्तो आग्रह गरेको हो ।

अब हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीले अनिवार्य रुपमा घरबाट काम गर्नुपर्नेछ । आफ्ना विश्वभरी रहेका कर्मचारी मध्ये ५००० लाई काममा नआनउका लागि कम्पनीले आग्रह गरेको छ ।

गैर अत्यावस्यक भ्रमण र कार्यक्रममा फर्मले आफ्ना कामदारलाई प्रतिबन्ध लगाएको एक दिनपछिको समयमा यो निर्णय आएको हो ।

कम्पनीले पहिलेनै यो महिनामा टेक्सासको अस्टिनमा हुने भनको साउथ बाइ साउथवेस्ट मीडियाको सम्मेलन नगर्ने बताइसकेको छ ।

ट्वीटरको मानव संसाधन प्रमुख जेनफिर क्रिस्टिले भनेकी छन्,‘कोभिड–१९ हामी र हाम्रो सेरोफेरोमा रहेको विश्वमा फैलने सम्भावनालाई कम गर्ने लक्ष्य रहेको छ ।’

ट्वीटरले केही समयका लागि घरबाटै काम गर्ने परिपाटी मिलाएको उल्लेख गरिएको छ । ‘यो हाम्रा लागि ठूलो परिवर्तन हो । हामीले कार्यबललाई बढ्दो मात्रामा घरैबाट काम गर्ने व्यवस्था मिलाएका छौ । हाम्रो सेवा विश्वव्यापी रहेको छ र हामी ट्वीटरमा काम गर्ने सबैलाई टाढैबाट काम गर्नका लागि सक्षम बनाउदैछौ,’ ट्वीटरले भनेको छ ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले टाढैबाट काम गर्ने व्यवस्थालाई लामो समयदेखि समर्थन गर्दै आएका छन् ।

फेसबुक र गुगल लगायतका अन्य प्रमुख प्रविधि कम्पनीहरुले अमेरिकामा हुने भनिएका सम्मेलन रद्ध गरेका छन् । साउथ बाइ साउथवेस्टबाट फिर्ता हुने ट्वीटरमा फेसबुक पनि आबद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement