एजेन्सी – अरबपति व्यवसायी एलोन मस्क, जेफ बेजोस र बिल गेट्स लगायत विश्वका धेरै ठूला व्यापारी र नेताहरूको ट्वीटर ह्याक भएको छ । त्यस्तै अमेरिकाका प्रसिद्ध र्यापर काने वेस्ट, पूर्व राष्ट्रपति बाराक ओबामा र डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेद्वार जो बिडेन, विश्वका ठूला कम्पनीहरूमध्ये उबर र एप्पलको खाता पनि ह्याक गरिएको बीबीसीले उल्लेख गरेको छ ।
बिल गेट्सको खाताबाट ट्वीटमा भनिएको छ, ‘सबैले मलाई समाजमा फर्किन आग्रह गरिरहेका छन, अब समय आइसकेको छ । तपाईले मलाई एक हजार डलर पठाउनुहुन्छ, म तिमीलाई दुई हजार डलर फिर्ता पठाउँछु ।’
टेस्ला र स्पेस एक्स प्रमुख एलोन मस्कको खाताबाट पनि पोष्ट गरिएको ट्वीटमा बिटकाइनमा पठाइएको पैसा फेरि दोब्बर हुने र एक घण्टाका लागि फिर्ता हुने बताइएको छ ।
ट्वीटमा बिटकाइन ठेगानाको लिङ्कमा लेखिएको थियो, ‘म कोविड महामारीको कारण दान गर्दैछु ।’
यो ह्याकलाई किङ बिटक्वाइन स्काम भनिन्छ । व्यक्तिहरूले ह्याक गरिएका खाताहरूमा बनाइएका पोष्टहरूमा बिटकइनमा चन्दा मागेका छन् । छोटो समयमा सयौं व्यक्तिहरुले ह्याकरलाई एक लाख डलर पठाएका छन् ।
ट्वीटरले यस ह्याकिङको पूर्ण रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । ट्वीटरले यो घटनाको अनुसन्धान नसकुञ्जेलसम्म पासवर्ड रिसेट हुनेछैन र ट्वीट सम्भव नहुने बताएको छ ।
ट्वीटरले यो एक समन्वयमा गरिएको ह्याक हो जसमा ह्याकर्सले ट्वीटरको आन्तरिक प्रणाली र उपकरण भएका केही कर्मचारीहरूलाई लक्षित गरेको जनाएको छ ।
‘ह्याकिङको बारेमा थाहा पाउने बित्तिकै हामीले ती खाताहरू लक गरेका छौं र नक्कली ट्वीटहरू हटायौं’, ट्वीटरले भनेको छ ।
Tough day for us at Twitter. We all feel terrible this happened.
We’re diagnosing and will share everything we can when we have a more complete understanding of exactly what happened.
? to our teammates working hard to make this right.
— jack (@jack) July 16, 2020




प्रतिक्रिया