राजनीतिक विज्ञापन बन्द गर्दै ट्वीटर

राजनीतिक विज्ञापन बन्द गर्दै ट्वीटर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – ट्वीटरले राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ट्वीटरका सिइओ ज्याक दोर्सीले प्रतिबन्ध घोषणाको कारण खुलाउँदै विश्वव्यापीरूपमा राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेका हुन् । उनले ट्वीटरमा भनेका छन्, ‘अनलाइन विज्ञापन व्यवसायिक विज्ञापनदाताहरूका लागि अत्यन्त शक्तिशाली र प्रभावकारी भएको र यसको शक्तिले राजनीतिमा उल्लेखनिय खतरा ल्याउछु’ ।

ट्वीटरको यस प्रतिबन्धपछि संयूक्त राज्य अमेरिकाको राजनैतिक समूहहरू धुर्वीकृत भएका छन् । सन् २०२० को चुनावमा केन्द्रित रहेका राजनैतिक समूहले यसको समर्थन तथा विरोधको कित्तामा बाँडिएका छन् । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पारस्केलले यस प्रतिबन्धलाई ‘लेफ्टहरूबाट ट्रम्प र कन्जरभेटिभहरूलाई चुप लगाउन गरिएको अर्को एउटा प्रयास’ भनेका छन् ।

तर राष्ट्रपतिका अर्का प्रत्यासी जोइ बिडेनका प्रवक्ता बिल रूसोले भने यसको समर्थन गरेका छन् । ‘विज्ञापनबाट आउने डलर र प्रजातान्त्रिक मूल्यको रोजाइमा फेरि एकपटक पैसाले जित्न सकेन’, उनले भने । ट्वीटरले यस्तो बताएपनि फेसबुकका प्रमुख मार्क जुकरवर्गले राजनीतिक विज्ञापनहरूमा कुनै प्रतिबन्ध प्रजातान्त्रिक नभएको धारणा राखिसकेका छन् ।  ट्वीटरको यो प्रतिबन्ध नोभेम्बर २२ बाट लागु हुनेछ र यससम्बन्धि विस्तृत जानकारी नोभेम्बर १५ मा सार्वजनिक गरिने ट्वीटरले जनाएको छ ।