एसीसी यू–१९ : मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा


काठमाडौं – एसीसी यू–१९ प्रतियोगिता २०१९ मा नेपालले आयोजक मलेसियालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

किनरारा ओभलमा आयोजना भएको खेलमा सोमबार आयोजक मलेसियालाई सात विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपाली बलरहरुले कसिलो बलिङ गर्दै मलेसियालाई ४०.५ ओभरमा ८७ रनमा सिमित गर्यो ।

मलेसियाको ब्याटिङलाई ध्वस्त गर्ने क्रममा सागर ढकालले तीन विकेट लिए भने कुशल मल्लले २ विकेट लिए ।

ढकालले १० ओभर बलिङ गर्दै ३ मेडनसहित १६ रन खर्चेर तीन विकेट लिन सफल भए । मल्लले ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेर दुई विकेट लिए ।

तिलक राज भण्डारी, रसिद खान र कमल सिंह ऐरीले १–१ विकेट लिए । मलेसियाका लागि मोहमद अमिरले सर्वा्धिक २४ रनको योगदान दिए ।

जीतका लागि ८८ रनको झिनो लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १५.५ ओभरमा ७ विकेट गुमाएर पछ्यायो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले यसक्रममा २ चौका र एक छक्का हाने ।

कप्तान रोहित कुमार पौडेलले ३१ रनको योगदान दिए । यसक्रममा उनले पनि समान २ चौका र १ छक्का हाने ।

ओपनर पवन सर्राफले १८ रन बनाए । अब नेपालले मंगलबार हङकङ र सिङ्गापुरको विजेतासँग भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement