काठमाण्डु – एसीसी यु १९ को एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले शनिबार श्रीलंकासँग खेल्दैछ । खेल यूएईको सेभेन्स रङ्गशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजेदेखि शुरू हुनेछ ।
नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । नेपाली टोलीको कप्तान अशोक धामी छन् । प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।
शुक्रबारदेखि शुरू भएको प्रतियोगितामा भारत र पाकिस्तानले विजयी शुरूआत गरेका छन् । भारतले आयोजक यूएईलाई २३४ तथा पाकिस्तानले मलेसियालाई २ सय ९७ रनले हराउँदै विजयी शुरूआत गरेका हुन् ।
समूह एमा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह बीमा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल पुस ६ गते हुनेछ ।




प्रतिक्रिया