यू–१९ एसिया कप : चीनलाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनलमा


काठमाडौं – एसिसी पूर्वी क्षेत्रीय य–१९ प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो ।

नेपालका पवन सर्राफ ४५ र रित गौतम १० रनमा नटआउट रहे । सरार्फले २१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

नेपालका सागर ढकालले ६ र तिलक भण्डारीको नाममा ३ विकेट लिएपछि चीन सो स्कोरमा समेटिएको हो ।

समूह एमा रहेको नेपालले दोस्रो खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ । प्रतियोगिताको समूह एमा नेपाल, सिंगापुर र चीन छन् ।

समुह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । दुबै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement