यू–१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो मात्र ५३ रनको लक्ष्य

यू–१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो मात्र ५३ रनको लक्ष्य


काठमाण्डु- आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले बङ्गलादेशलाई ५३ रनको लक्ष्य दिएको छ । मलेसियामा आजदेखि सुरु भएको खेलमा नेपाला अलआउट हुँदै ५२ रनमा सीमित भएको हो ।

बङ्गदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएकी थिइन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको हो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् ।

नेपाली युवा टोलीमा कप्तान पूजा महतासँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।