काठमाण्डु- बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि नेपालगञ्जमा यु-१४ छात्रछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ। प्रतियोगिता नेपालगन्ज रंगशालामा हुनेछ।
विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताए।




प्रतिक्रिया