काठमाण्डु – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा उपाधि जित्न सिङ्गापुरले नेपाललाई ११४ रनको सामान्य लक्ष्य दिएको छ । मलेशियाको बाङ्गीमा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर ५ बलमा ११३ रन मात्र बनाएर अलआउट भयो ।
सिङ्गापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए । नेपालका सुशीलबहादुर रावल र अभय यादवले समान तीन विकेट लिए । यस्तै शुभम खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए ।
नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेट र सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । नेपाल र सिङ्गपुर एउटै समूह एमा थिए । समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । नेपाल १६ वर्षमूनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।
प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
प्रतिक्रिया