यू–१६ युथ लिग आजदेखि, उद्घाटन खेल मनाङ र श्रीभगवती क्लबबीच हुने

यू–१६ युथ लिग आजदेखि, उद्घाटन खेल मनाङ र श्रीभगवती क्लबबीच हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यु–१६ युथ लिग प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी र श्रीभगवती क्लब भिड्नेछन्।

फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम (टीडीएस) अन्तर्गत आयोजना हुने प्रतियोगितामा ए डिभिजनका १४ क्लब सहभागी हुँदैछन्।

थ्रीस्टार क्लबले प्रतियोगिता खेल्न पाउने छैन भने थ्रीस्टारको स्थानमा एपीएफ क्लबले सहभागिता जनाउने एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिए। उनका अनुसार बी डिभिजनबाट ए डिभिजन लिगमा बढुवा भएका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब पनि सहभागिता जनाउनेछन्।

डबल राउण्ड रोबिन लिग प्रणालीमा खेलाइने प्रतियोगिताका सबै खेल एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ। विजेता टोलीलाई ट्रफी सहित एक लाख, उपविजेतालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जनही १५ हजार रुपैयाँ दिइनेछ। फेयर प्ले टिमलाई पनि १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुने हरेक टोलीलाई तयारी खर्चका लागि ३ लाख ५० हजार रुपैयाँ दिइने जनाइएको छ।

प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ छ। यसकान लागि फिफाबाट ५० हजार डलर प्राप्त हुनेछ। बाँकी खर्च एन्फाले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगिताका सबै खेल एन्फा टीभी यूट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिने प्रवक्ता शाहले जानकारी दिए ।