यूएईमा नेपाली दूतावासको आग्रह : ‘अनावश्यक यात्रा नगर्नू, सुरक्षा मापदण्ड पालना गर्नू’

यूएईमा नेपाली दूतावासको आग्रह : ‘अनावश्यक यात्रा नगर्नू, सुरक्षा मापदण्ड पालना गर्नू’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त अरब इमिरेट्स (यूएई) मा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाली राजदूतावास अबुधाबीले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै यूएईमा रहेका नेपालीहरूलाई अत्यावश्यक कामबाहेक अनावश्यक रूपमा यात्रामा ननिस्किन अनुरोध गरेको छ ।

यूएई सरकारले समय–समयमा जारी गर्ने सुरक्षा मार्गदर्शन, निर्देशन र आधिकारिक सूचनाहरूको पूर्णरूपमा पालना गर्न समेत दूतावासले आग्रह गरेको छ ।

कुनै पनि आपत्कालीन सुझाव, सल्लाह वा सहयोग आवश्यक परेमा नेपाली नागरिकहरूले अबुधाबीस्थित राजदूतावास र दुबईस्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्न सक्नेछन् । दूतावासले नेपाली राजदूतावास अबुधाबीको सम्पर्क नम्बर +९७१५०८१८०२८० र फोन/ह्वाट्सएप नम्बर: +९७१५०३९४९३०४ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

मध्यपूर्वमा देखिएको पछिल्लो तनावका कारण यूएई लगायतका छिमेकी देशहरूले पनि सुरक्षा सतर्कता बढाएका छन् ।