काठमाडौं – कोरोना भाइरस कोभिड १९ बाट यूएईमा संक्रमित हुने नेपालीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ ।
सोमबार साँझसम्ममा युएईमा ४ महिला सहित ११ जना नेपाली कोरोनाबाट संक्रमित भएको पाइएको छ। जसमध्ये २ जना उपचारपछि संक्रमण मुक्त बनिसकेको र बाँकिको सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।
युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयका अनुसार सोमबार साँझसम्ममा कोरोनाबाट ११ जनाको ज्यान गएको छ भने २ हजार ७६ जना संक्रमित भएका छन।




प्रतिक्रिया