काठमाडौं – धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ ढल्केबरका वडाध्यक्षको हृदयघातबाट निधन भएको छ ।
योजना निरीक्षण गर्न मंगलवार दिउँसो मेयर हरिनारायण महतो, उपमेयर तारा लामासहित इन्जिनियरको टोलीसँगै गएका बेला हृदयघात भएर ५५ वर्षीय वडाध्यक्ष युवराज उप्रेतीको निधन भएको हो ।
हृदयघात भएर ढलेपछि उनलाई उपचारको लागि जनकपुर लैजादै गर्दा बाटोमै करिब ५ बजेको समयमा निधन भएको हो । उप्रेती नेपाल कम्युनिस्ट पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया