उच्च अदालतमा १५ न्यायाधीश नियुक्त, को-को परे ? (नामसहित)

उच्च अदालतमा १५ न्यायाधीश नियुक्त, को-को परे ? (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – न्यायपरिषद्ले उच्च अदालतको न्यायाधीशमा १५ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट १ जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा नियुक्त गरेको हो ।

परिषदले जिल्ला न्यायाधीशहरु किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नरिश्वर भण्डारीलाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको छ । परिषद्ले महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिनालाई पनि उच्च अदालतको न्यायाधीश बनाएको छ ।

त्यस्तै, अधिवक्ताबाट मिलन कुमार राई, राजुराम सिलवाल, मेरिना श्रेष्ठ, मिना गौतम सेढाईं, सोमकान्त मैनाली, देशबहादुर सार्की, रेखा थापा पाण्डे र किरण कुमारी गुप्ता छन् । उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले नियुक्त गरी सपथ खुवाउने छन् ।