गाईघाट – उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ ।
गए राति वडा नं. ५ रूपाटारमा रहेको गाउँपालिका कार्यालयको सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए ।
उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । बिस्फोटनबाट कार्यालयमा रहेको टेबल, कुर्सीमा क्षति पुगेको छ ।




प्रतिक्रिया