उदयपुरमा मिनिबस दुर्घटना हुँदा एक महिलाको मृत्यु, १७ जना घाइते

उदयपुरमा मिनिबस दुर्घटना हुँदा एक महिलाको मृत्यु, १७ जना घाइते

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरमा मिनिबस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएकाे छ।

गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ६२७९ नम्बरको मिनिबस आइतबार दिउँसो त्रियुगा नगरपालिका ६ चुरे वनस्थित सडकमा दुर्घटना हुँदा अरु १७ जना घाइते भएका छन्।

दुर्घटनामा काठमाडौँ महानगरपालिका ५ की ५० वर्षीया गिता कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका गाडीमा सवार १७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

गाडी दुर्घटनापछि चालक फरार भएका छन्। उनको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ।